विदेश

जापानका पूर्वप्रधानमन्त्री आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

हिमालय टिभी
२०७९ असोज ११ गते ९:३६
जापानका पूर्वप्रधानमन्त्री आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

११ असोज २०७९ टोकियो । जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको अन्त्येष्ठि आज राजकीय सम्मानका साथ गरिने भएको छ ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहनुभएका शिञ्जोको राजकीय सम्मानका साथ गरिने अन्त्येष्ठिको तयारी पूरा भएको छ । समाचार संस्था रोयटर्सका अनुसार झन्डै ३ महिनापछि हुने अन्त्येष्टि कार्यक्रमलाई ध्यानमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

अन्त्येष्टिमा विश्वका एक सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुख पनि सहभागी हुने बताइएको छ । शिञ्जोको जापानस्थित दक्षिणी सहर नारामा चुनावी अभियानको क्रममा एक बन्दुकधारीले जुलाई ८ मा गोली हानी हत्या गरेको थियो ।

सन् २००६ मा उहाँ पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । आबेलाई जापानको सबैभन्दा कम उमेरको प्रधानमन्त्री भनेर पनि चिनिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *