विदेश

इरानमा २२ वर्षकी महसाको मृत्युपछि जारी प्रदर्शनमा ३० जनाको मृत्यु

हिमालय टिभी
२०७९ असोज ८ गते १०:३७
इरानमा २२ वर्षकी महसाको मृत्युपछि जारी प्रदर्शनमा ३० जनाको मृत्यु

८ असोज २०७९ तेहरान । इरानमा २२ वर्षकी महसा अमिनीको मृत्यपछि जारी प्रदर्शनको क्रममा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

हिजाब लगाउने नियम उल्लङ्घन गरेको भन्दै महसालाई पक्राउ गरिएको थियो । तेहरानको मोरैलिटी प्रहरीका अनुसार महसाले सार्वजनिक स्थानमा टाउको छोप्ने तथा खुकुलो लुगा लगाउने नियमको उल्लङ्घन गरेकाले नियन्त्रणमा लिइएको थियो ।

१९७९ को क्रान्ति पछि इरानमा सामाजिक मुद्दालाई समाधान गर्नका लागि मोरैलिटी प्रहरी इकाई गठन गरिएको हो । इरानको कुर्दिस्तान प्रान्तको साकजि सहरमा बसोबास गर्दै आउनुभएका महसाको गत शुक्रवार तेहरानस्थित अस्पतालमा मृत्यु भएको थियो ।

महसाको मृत्युको कारण भने बताइएको छैन । प्रहरी हिरासतमा रहनुभएका महसाको अकस्मात मृत्यु भएपछि इरानमा प्रदर्शन तीव्र बनेको छ । प्रहरीविरुद्ध जारी प्रदर्शनको क्रममा हालसम्म ३० जनाको मृत्यु भएको तथा ७० जनाभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

ईरानमा भएको यस घटनाप्रति विश्वका विभिन्न मुलुकले विरोध जनाएका छन् । अमेरिकाले ईरानको मोरैलिटी प्रहरीलाई कालोसूचीमा राखेको छ भने फ्रान्सले घटनालाई लज्जास्पद भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *