विदेश
पाकिस्तानमा पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी
२०७९ असोज ६ गते ८:५९

६ असोज २०७९ इस्लामावाद । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले पाकिस्तानमा बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन्।
राष्ट्रसङ्घका मानवीय सहायता संयोजक जुलियन हर्निसले पाकिस्तानले डेङ्गी, औलो, हैजा, झाडापखाला र कुपोषणजस्ता रोगका कारण दोस्रो विपत्तिको सामना गर्नुपरेको बताउनुभयो ।
पाकिस्तानमा मनसुनी वर्षाका कारण एक तिहाइ भूभागमा बाढी आएको र करिब एक हजार ६ सय जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । सत्तरी लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।
प्रतिक्रिया