विदेश

जापानमा नान्माडोल आँधीका कारण ९० लाख नागरिक प्रभावित

हिमालय टिभी
२०७९ असोज ४ गते ९:२८
जापानमा नान्माडोल आँधीका कारण ९० लाख नागरिक प्रभावित

४ असोज २०७९ टोकियो । जापानमा आएको नान्माडोल नामक आँधीका कारण ९० लाख नागरिक प्रभावित भएका छन् ।

हालसम्मकै सबैभन्दा ठूलो समुद्री आँधीको रुपमा मानिएको नान्माडोलका कारण हालसम्म २ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । ९० लाख नागरिक घरबारविहीन बनेका छन् ।

आइतबार जापान सरकारले दक्षिणी द्वीप क्यूशुमा नान्माडोल नामक आँधी आउन सक्ने भन्दै २० लाख नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । जापानी मौसम वैज्ञानिकहरूका अनुसार नान्माडोल आँधी आगामी केही दिनसम्म जापानको प्रमुख द्वीप होन्शू हुँदै बाहिरिने छ ।

आँधीका कारण ३ लाख नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत अवरुद्ध भएपछि उनीहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् । यस्तै आँधीका कारण जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *