विदेश

बेलायतका महारानी एलिजाबेथ द्वितीयको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

हिमालय टिभी
२०७९ असोज ३ गते ९:०६
बेलायतका महारानी एलिजाबेथ द्वितीयको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

३ असोज २०७९ लण्डन । बेलायतका महारानी एलिजाबेथ द्वितीयको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

अन्त्येष्टिका दिन आज बेलायतमा सार्वजनिक बिदा दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर एबीमा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहको आयोजना हुनेछ ।

सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । बेलायतका महारानीको शव राखिएको शव पेटिका आज बिहान स्थानीय समयअनुसार १० ः ४४ बजे शाही नौसेनाको १ सय २३ वर्ष पुरानो ‘गन क्यारेज’ मा राखेर वेस्टमिन्स्टर एबी गिर्जाघरमा लगिने बीबीसीले जनाएको छ ।

बेलायतका नयाँ राजा चार्ल्स तृतीय शवपेटिका पछाडि आफ्ना भाइ बहिनीहरूसँगै हिँड्नुहुनेछ भने स्वर्गीय महारानीका नाति, नातिनीहरूले उहाँहरूलाई पछ्याउनु हुनेछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह शुरु हुने बताइएको छ ।

११ ः ५५ बजे लास्ट पोस्ट बजाएपछि ब्रिटेनभर दुई मिनेट मौनधारण गरिनेछ । रानीका पाइपरले राष्ट्रिय गीत बजाएपछि अन्त्येष्टि समारोह टुङ्गिनेछ । महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्ठि समारोहमा सहभागि हुनका लागि विश्वका शिर्ष नेताहरू बेलायत पुगिसकेका छन् ।

अन्त्येष्टि समारोहमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र राजदूत ज्ञानचन्द्र आचार्यले भाग लिनेछन् । करिब २० लाख मानिस प्रत्यक्ष रूपमा लन्डन पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *