चन्द्रमामा नयाँ रकेट पठाउने नासाको योजनामा ढिलाइ
१९ भदौ २०७९ न्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको चन्द्रमामा नयाँ रकेट प्रक्षेपण फेरि लम्बिएको छ ।
खराब इन्जिन सेन्सर र इन्धन चुहावटका कारण हिजोको प्रयास रोकिएको थियो । नासाले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको हो ।
अब अक्टोबरको मध्य भन्दा पहिले तेस्रो प्रक्षेपण प्रयास नहुने देखिएको छ । यो नासाद्वारा विकसित सबैभन्दा शक्तिशाली ९८ मिटर लामो रकेट हो । नासाले चन्द्रमाको वरिपरि रकेटमाथि क्रु क्याप्सुल पठाउन चाहेको छ ।
यसले अन्तरिक्ष यात्रीहरू अर्को उडानमा पुग्नु अघि यसलाई सीमामा धकेल्छ । परीक्षण डमीसहित पाँच हप्ताको पूर्व अभ्यास सफल भए अन्तरिक्ष यात्रीले सन् २०२४ मा चन्द्रमाको परिक्रमा र अर्को वर्ष चन्द्रमामा अवतरण गर्न सक्नेछन् ।
५० वर्ष पहिले पहिलो पटक मानिसले चन्द्रमामा पाइला टेकेका थिए । झण्डै ४ दशमलब १ अर्ब डलरको यो परीक्षण उडान नासाको नयाँ चन्द्र अन्वेषण कार्यक्रमको पहिलो चरण हो ।
नासाको अपोलो कार्यक्रमका क्रममा १२ जना अन्तरिक्ष यात्रीले चन्द्रमामा पाइला टेकेका थिए
प्रतिक्रिया