विदेश

राष्ट्रसंघद्वारा युक्रेनस्थित आणविक ऊर्जा केन्द्र अनुगमन

हिमालय टिभी
२०७९ भदौ १७ गते ९:०९
राष्ट्रसंघद्वारा युक्रेनस्थित आणविक ऊर्जा केन्द्र अनुगमन

१७ भदौ २०७९ युक्रेन । संयुक्त राष्ट्रसंघले युक्रेनस्थित जापोरीज्जिया आणविक ऊर्जा केन्द्रको अनुगमन गरेको छ ।

राष्ट्रसंघका टोली युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र जापोरीज्जिया आणविक ऊर्जा केन्द्रको अनुगमनमा पुगेका हुन् । रुसी सेनाको नियन्त्रणमा रहेको ऊर्जा केन्द्रमा १४ सदस्यीय विशेषज्ञ सम्मिलित टोलीले अनुगमन गरेको छ ।

अनुगमन गर्न महिनौंसम्म कैयन् चरणको वार्ता भएको थियो । रुस र युक्रेन दुबैले आक्रमणलाई निरन्तरता दिएका कारण टोलीलाई केन्द्रभित्र पुग्न समस्या भएको थियो ।

दुबै देशलाई सैन्य गतिविधि रोक्न भनिए पनि पालना नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ऊर्जा केन्द्र दुर्घटना हुनसक्ने चेतावनीका बावजूद त्यहाँ पटकपटक आक्रमण हुने गरेको छ ।

राष्ट्रसंघको अन्तर्राष्ट्रिय उर्जा निकायका प्रमुख राफाएल ग्रोस्सीले ऊर्जा केन्द्र र त्यसको भौतिक अखण्डता धेरै पटक उल्लंघन भएको बताए ।

त्यहाँ भएका हमलामा युक्रेन र रुसले एक अर्कामाथि आरोप लगाउँदै आएका छन् । ६ वटा ऊर्जा केन्द्रका भट्टी चिसो राख्न निरन्तर विद्युत् आपूर्तिको आवश्यकता हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *