खेलकूद

श्रीलंका एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सुपर फोरमा प्रवेश

हिमालय टिभी
२०७९ भदौ १७ गते ८:२७
श्रीलंका एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सुपर फोरमा प्रवेश

१७ भदौ २०७९ काठमाडौं । श्रीलंका एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत गएराति बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका अन्तिम चारमा पुगेको हो । १८४ रनको लक्ष्य श्रीलंकाले ४ बल अगावै ८ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

श्रीलंकाको जितमा कुशल मेण्डिसले ६० तथा कप्तान डुसान सनाकाले ४५ रनको इनिंग्स खेले । त्यस्तै पाथुम निसान्काले २० रन जोडे । बलिङमा बंगलादेशका इबोडट होसैनले ३ तथा तास्किन अहमदले २ विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १८३ रन बनाएको थियो । बंगलादेशका अफीफ होसैनले ३९, मेहिदी हसन मिराजले ३८ तथा महमुदुल्लाहले २७ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका वानिन्डु हसरंगा डिसिल्वा र चामिका करुणारत्नेले समान २-२ विकेट हात पारे । जितसँगै श्रीलंकाले २ खेलबाट २ अंक जोड्दै अर्को चरणमा स्थानमा बनाउँदा बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहमा अफगानिस्तान लगातार दुई जितसहित यसअघि नै सुपर फोरमा पुगिसकेको टोली हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्