विदेश

रहेनन् पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभ

२०७९ भदौ १५ गते ७:४२
रहेनन् पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभ

१५ भदौ २०७९ मस्को । पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन भएको छ ।

९१ वर्षीय गोर्बाचेभको उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि गम्भीर रोगबाट पीडित थिए । गत जुनमा मिर्गौलाको समस्याबाट पीडित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

सन् १९८५ मा सत्तामा आएका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि खुल्ला गर्दै सुधारको उदाहरण प्रस्तुत गरेका थिए । उनले शीतयुद्धलाई शान्तिपूर्ण रुपमा अन्त्य गर्न सफल नेताको परिचय बनाएका थिए । तर पनि सोभियत संघको पतन भने रोक्न सकेनन् ।

यहीबाट आधुनिक रूसको उदय भयो । गोर्बाचेभको निधनमा विश्वका विभिन्न नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गोर्बाचेभले इतिहासकै मार्ग परिवर्तन गरेको टिप्पणी गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गोर्बाचेभको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गोर्बाचेभको साहस र निष्ठाको सधै प्रशंसा गर्ने बताए ।

युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेनले विश्वसनीय र सम्मानित नेताको रूपमा उनको प्रशंसा गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *