विदेश
पाकिस्तानको एक तिहाई भू–भाग डुबानमा
२०७९ भदौ १४ गते ९:२५

१४ भदौ २०७९ इस्लामावाद । पाकिस्तानको एक तिहाई भू–भाग डुबानमा परेको छ ।
गत जुन महिनायता आएको बाढीले एक तिहाई भू–भाग डुबानमा परेको त्यहाँका मौसम मन्त्रीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
ति मन्त्रीका अनुसार डुबानका कारण घर, सडकदेखि खेतीमा समेत क्षति भएको छ । यो वर्षको मनसुन शुरु भएयता पाकिस्तानमा १ हजार १ सय ३६ जनाको मृत्यु भइसकेको छ ।
जलवायु परिवर्तनको असरले पाकिस्तानमा यसपाली दशकौंपछि भारी वर्षा भएको बताइएको छ ।
प्रतिक्रिया