विदेश
नासाद्वारा विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द
२०७९ भदौ १४ गते ९:२१

१४ भदौ २०७९ न्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द गरेको छ ।
चार आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रमसम्बन्धी समस्याको कारण देखाउँदै नासाले आफ्नो विशाल चन्द्र रकेटको परीक्षण उडान रद्द गरेको हो ।
यसअघि हिजो बिहानका लागि रकेट प्रक्षेपणको तयारी थियो । अब नासाले आर्टेमिस १ मिसनको प्रक्षेपणका लागि वैकल्पिक मिति आउँदो शुक्रबार र सोमबारलाई तोकेको छ ।
मङ्गल ग्रहसम्म पुग्ने महत्वाकाङ्क्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया