विदेश

पाकिस्तानमा बाढीबाट जनधनको ठुलो क्षति, सहयोगका लागि अपिल

हिमालय टिभी
२०७९ भदौ १२ गते ८:१२
पाकिस्तानमा बाढीबाट जनधनको ठुलो क्षति, सहयोगका लागि अपिल

१२ भदौ २०७९ इस्लामावाद । पाकिस्तानमा बाढीले ठूलो जनधनको क्षति पुराएपछि विश्व समुदायलाई सहयोगको अपिल गरेको छ ।

शक्तिशाली बाढीका कारण उत्तर पश्चिमका प्रान्तका हजारौं मानिसले आफ्नो थातथलो छाडेका छन्। दक्षिण पूर्वी सिन्ध प्रान्त पनि बाढीको चपेटमा परेको छ ।

यसअघि अमेरिका,बेलायत,संयुक्त अरब इमिरेट्सलगायतका मुलुकले बाढीको वितण्डा पछि सहयोग गरिसकेका छन् । बाढीका कारण गत जुनदेखि हालसम्म १ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

लाखौं विस्थापित भएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ३ करोड ३० लाख मानिस प्रभावित भएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *