विदेश
हंगेरीमा गलत मौसम पूर्वानुमान गर्ने दुई जना विशेषज्ञ बर्खास्त
२०७९ भदौ ७ गते ८:२१
७ भदौ २०७९ हंगेरी । हंगेरीमा मौसमको गलत पूर्वानुमान गरेका कारण दुई शीर्ष मौसम विशेषज्ञ बर्खास्तगीमा परेका छन् ।
सेन्ट स्टीफन दिवसका अवसरमा आयोजना गरिने यूरोपको सबैभन्दा ठूलो आतिशवाजी प्रदर्शनको सात घन्टाअघि मौसमी चेतावनी पछि कार्यक्रम स्थगित गरेको थियो। तर पछि मौसम सामान्य रह्यो ।
उक्त समयमा वर्षासँगैको आँधीले दिशा परिवर्तन गरेर पूर्वी हंगेरीका केही भागमा प्रभाव देखियो। यही कारण सरकारले मौसम सेवाका प्रमुख र उपप्रमुखलाई तत्कालै बर्खास्त गरियो ।
मध्य बुडापेस्टको डेन्युब नदी नजिक करिब ४० हजार आतिशबाजी प्रदर्शन गर्ने तयारी गरिएको थियो । आतिशबाजी २० लाख मानिसले हेर्ने अनुमान थियो ।
मौसम पूर्वानुमानको सूचना पछि कार्यक्रम एक साताका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया