विदेश

रुसी राष्ट्रपति पुटिनका सहयोगीको छोरीको हत्या

२०७९ भदौ ५ गते १३:३७
रुसी राष्ट्रपति पुटिनका सहयोगीको छोरीको हत्या

५ भदौ २०७९ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटवर्ती सहयोगी एलेक्जेन्डर डुगिनको छोरीको विष्फोटमा मृत्य भएको छ ।

रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोनजिकै भएको कार विस्फोटनमा डार्‍या डुगिनाको मृत्यु भएको हो। उनको मृत्युबारे रुसी अधिकारीहरूले आधिकारिक प्रतिक्रिया जनाएका छैनन ।

पुटिनको बुद्धिका रूपमा चिनिने डुगिनाका पिता एलेक्सेन्डर डुगिन उक्त आक्रमणको मुख्य निशाना भएको हुनसक्ने ठानिएको छ। डुगिना र उनका पिता एउटै कारमा चढेर एउटा कार्यक्रमबाट फर्किने तय भएको थियो। तर अन्तिम समयमा एलेक्जेन्डर अर्को सवारीमा चढेका थिए। एलेक्जेन्डर उग्रराष्ट्रवादी विचारक तथा रणनीतिकार हुन्।

डार्‍या डुगिना चर्चित पत्रकार र टिप्पणीकार थिइन्। उनले युक्रेनमा रुसले गरेको अतिक्रमणलाई समर्थन गर्दै आएकी थिइन्। एलेक्सेन्डर रुसले युक्रेनमाथि गरेको आक्रमणमा पनि नजिकबाट संलग्न छन् ।

सन् २०१४ मा मस्कोले रुसको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराउन उनले खेलको भूमिकालाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *