विदेश
भारतको हिमाञ्चल प्रदेशमा वर्षासँगैको बाढीमा परी २२ जनाको मृत्यु
२०७९ भदौ ५ गते ९:२०

५ भदौ २०७९ नयाँ दिल्ली । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँगै आएको बाढी र भूक्षयका कारण २२ जनाको मृत्यु भएको छ ।
९ जना घाइते भएका छन् । वर्षाका कारण हिमाचल प्रदेशको मनाली–चण्डीगढ राष्ट्रिय राजमार्गसहित ७ सय ४३ सडकहरू अवरुद्ध बनेको छ ।
राज्य विपद प्रबन्ध प्राधिकरणका अनुसार बाढीमा अन्य ५ जना बेपत्ता भएका छन् र उनीहरूको खोजी कार्य भइरहेको छ । प्रदेशको मन्डी, चम्बा, काङ्गडा, कुल्लू लगायतका जिल्ला प्रभावित बनेका छन् ।
प्रतिक्रिया