विदेश

सोमालियाको राजधानीस्थित एक होटलमा लडाकु समूहको आक्रमण

२०७९ भदौ ४ गते ७:५२
सोमालियाको राजधानीस्थित एक होटलमा लडाकु समूहको आक्रमण

४ भदौ २०७९ सोमालिया । सोमालियाको राजधानी मोगादिशुस्थित दि हयात होटलमा इस्लामिक लडाकु समूह अल शबाबले आक्रमण गरेका छन् ।

दुई वटा कार वम विष्फोट गराएर भित्र पसेका लडाकुहरुले होटल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विज्ञप्तिमार्फत शबाबले होटल आफुहरुको नियन्त्रणमा रहेको र भित्र रहेका सबैलाई निशाना बनाएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

घटनामा नौ जना घाइते भएको छन् । थप विवरण आउन बाँकी छ । महत्वपूर्ण बैठकका लागि सरकारी कर्मचारीहरुले उक्त होटल प्रयोग गर्दै आएका थिए ।

अल कायदासँग आबद्ध अल शबाबले संघीय सरकारविरुद्ध लामो समयदेखि सशस्त्र संर्घष गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *