विदेश

काबुलस्थित मस्जिदमा शक्तिशाली विष्फोट, कम्तिमा तीन जनाको मृत्यु

२०७९ भदौ २ गते ७:२४
काबुलस्थित मस्जिदमा शक्तिशाली विष्फोट, कम्तिमा तीन जनाको मृत्यु

२ भदौ २०७९ काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विष्फोट भएको छ ।

शहरको उत्तर पश्चिम खैर खाना क्षेत्रमा साँझको प्रार्थनाको समयमा विष्फोट भएको प्रहरीको भनाइ छ ।

विष्फोटमा परेर कम्तिमा तीन जनाको मृत्यु भएको छ र कैयन् घाइते भएको प्रहरी र अस्पताललाई उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । त्यस क्षेत्रमा अस्पताल सञ्चालन गरिरहेको इटालीको एक गैरसरकारी संस्थाले २७ जनाको उपचार गरेको जनाएको छ ।

जसमध्ये ३ जनाको मृत्यु भएको र घाइतेमध्ये पाँच जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा सिद्दीकी मस्जिदका इमाम पनि रहेको बताइएको छ ।

विष्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन । काबुलमै एक साता अघि आत्मघाती बम विष्फोटमा एक प्रमुख तालिबान समर्थक धर्मगुरुको मृत्यु भएको थियो ।

घटनाको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको थियो । तालिवान सरकारका प्रवक्ताले आक्रमणको कडा निन्दा गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *