विदेश

नदीमा पानीको सतह घट्दै गएपछि यूरोपमा ढुवानी समस्या

हिमालय टिभी
२०७९ भदौ १ गते ९:२६
नदीमा पानीको सतह घट्दै गएपछि यूरोपमा ढुवानी समस्या

१ भदौ २०७९ बेल्जियम । लामो समयदेखिको चर्को खडेरीका कारण यूरोपका अधिकांश देशका नदीमा पानीको सतह घट्दै गएपछि ढुवानीमा समस्या भएको छ ।

जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्याण्ड्सको मुस लगायतका मुख्य नदीमा पानीको सतह घट्न थालेपनि ढुवानीमा समस्या भएको हो ।

यूरोपकै सबैभन्दा लामो दानुबे नदी यूरोपेली मुलुुकका १० देश भएर बग्छ । यसमा पानीको सतह घट्दै गएपछि जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हङ्गेरी, क्रोएसिया, सर्भिया, रोमानिया, बुल्गेरिया, माल्दोभोको जल यातायातमा समस्या परेको युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *