विदेश
म्यान्मारका नेतृ सूकीलाई थप ६ वर्षको जेल सजाय
२०७९ साउन ३१ गते ९:१६
३१ साउन २०७९ म्यान्मार । म्यान्मारको एक अदालतले प्रजातन्त्रवादी नेतृ आङ्ग सान सूकीलाई भ्रष्टाचार मुद्दामा थप ६ वर्षको जेल सजाय सुनाएको छ ।
म्यान्मारको विशेष अदालतले सूकीलाई कलावाङ्ग वन भूमिसँग सम्बन्धित ३ मुद्दामा ३ वर्ष र भवन निर्माण मुद्दामा ३ वर्ष गरी ६ वर्षको जेल सजाय सुनाइएको हो ।
७७ वर्षका नोबेल पुरस्कार विजेता सूकीलाई यसअघि विभिन्न ६ मुद्दामा ११ वर्षको जेल सजाय सुनाइसकेको छ ।
सन् २०२१ को फेबु्रअरीमा म्यान्मारका सेनाले सत्तामाथि कब्जा गर्दै नेतृ सूकीलाई नियन्त्रणमा लिएर नजरबन्दमा राखेको छ । नियन्त्रणमा लिएदेखि म्यान्मारको सेनाले उहाँमाथि विभिन्न आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया