विदेश

केन्याको राष्ट्रपतिमा विलियम रुटोको नाटकीय जित

हिमालय टिभी
२०७९ साउन ३१ गते ७:२९
केन्याको राष्ट्रपतिमा विलियम रुटोको नाटकीय जित

३१ साउन २०७९ केन्या । केन्याको राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति विलियम रुटो नाटकीय रुपमा विजयी घोषित भएका छन्।

आधिकारिक नतिजा अनुसार रुटोले ५० दशमलब ५ प्रतिशित ल्याएर प्रतिद्वन्द्वी राइला ओडिंगा पराजित गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

ओडिंगाले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदा नतिजा घोषणामा ढिलाइ भएको थियो। आयोगका सात सदस्यमध्ये चार जनाले नतिजाको स्वामित्व लिन नसक्ने बताएका छन् ।

नतिजा अपारदर्शी भएको भन्दै उनीहरुले परिणाम समर्थन गर्न अस्वीकार गरेका हुन् । नतिजा घोषणासँगै ओडिंगाका समर्थकहरूले विभिन्न शहरमा विरोध प्रदर्शन गरेका छन् ।

केन्यामा चुनावी हिंसाका कारण धेरैको ज्यान जाने गरेको छ । सन् २००७ को चुनावी हिंसामा १२ सय नागरिकको मृत्यु भएको थियो । ६ लाख मानिसले आफ्नो थातथलो छाडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *