विदेश

स्वतन्त्रता माग गर्दै अफगानिस्तानको राजधानी काबुलको सडकमा महिला

हिमालय टिभी
२०७९ साउन २९ गते ७:३३
स्वतन्त्रता माग गर्दै अफगानिस्तानको राजधानी काबुलको सडकमा महिला

२९ साउन २०७९ काबुल । अफगानिस्तानको राजधानी काबुलमा स्वतन्त्रताको माग गर्दै महिलाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् ।

तालिवानले अफगानिस्तान कब्जा गरेको करिब एक वर्ष पछि महिला अधिकारको माग गर्दै प्रदर्शन भएको हो । करिब ४० जना सहभागी प्रदर्शन तितरवितर पार्न तालिवान लडाकुले हावामा गोली चलाएका थिए ।

तालिवान लडाकुले प्रदर्शनकारीको मोबाइलसमेत खोसेका छन् । प्रदर्शनकारी महिलाहरुले खाना, काम र स्वतन्त्रताको माग गर्दै नारा लगाएका थिए ।

उनीहरुले तालिवानले सत्ता कब्जा गरेको अगष्ट १५ लाई कालो दिनसमेत भनेका छन् । यस पटकको प्रदर्शनमा तालिवान लडाकुले अघिल्ला प्रदर्शनमा भन्दा कम पिटेको प्रदर्शनकारीले बताएका छन् ।

अफगानिस्तानमा तालिवानले सत्ता हत्याएयता महिला अधिकार कुण्ठित छ । महिलालाई काम गर्न,पढ्न र एक्लै बाहिर हिड्नसमेत प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *