विदेश

पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु

हिमालय टिभी
२०७९ साउन २८ गते ९:२४
पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु

२८ साउन २०७९ मोन्टेनेग्रो । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

विवादपछि एक व्यक्तिले गोली चलाउँदा बालबालिकासहित १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् । बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षका बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरेका हुन् ।

त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका छन् । हतियारसहित आक्रमणमा उत्रिएका ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् ।

त्यसपछि मात्रै आक्रमणको सिलसिला रोकिएको थियो । ती व्यक्तिले घटना गराउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *