विदेश

चर्चित लेखक सलमान रुश्दीमाथि न्युयोर्कमा आक्रमण

हिमालय टिभी
२०७९ साउन २८ गते ८:१८
चर्चित लेखक सलमान रुश्दीमाथि न्युयोर्कमा आक्रमण

२८ साउन २०७९ न्युयोर्क । चर्चित लेखक सलमान रुश्दीमाथि अमेरिकाको न्युयोर्कमा आक्रमण भएको छ ।

एक कार्यक्रमका क्रममा मञ्चमा रहेका रुश्दीलाई चक्कु प्रहार गरिएको हो । उनको घाँटीमा चक्कु हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चक्कु प्रहार लगत्तै उनी मञ्चमै ढलेका थिए । उनलाई तत्कालै हेलिकप्टरबाट स्थानीय अस्पतालमा लगिएको थियो । रुश्दीको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भइरहेको र उनी बोल्न नसक्ने अवस्था रहेको उनका एजेन्टले बताएका छन् ।

आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिइएको थियो । आक्रमणकारी २४ वर्षीय हादी मातर रहेको प्रहरीले बताएको छ। रुश्दीमाथि विगत लामो समयदेखि इस्लामिक समूहबाट हत्याको धम्की आउने गरेको थियो ।

भारतमा जन्मिएका रुश्दी सन् १९८१ मा प्रकाशित मिडनाइट चिल्ड्रेनबाट चर्चित भएका थिए । ७५ वर्षीय रुश्दीका हालसम्म चार वटा पुस्तक प्रकाशित छन् । सन् १९८८ मा द सटानिक भर्सेसका कारण उनी नौ वर्षसम्म भूमिगत बस्नु परेको थियो ।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुश्दीको हत्या गर्नेलाई ३० लाख डलर पुरस्कार दिने घोषणा गरेको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *