विदेश

एफबीआईले ग–यो ट्रम्पको निवासबाट गोप्य कागजात जफत

हिमालय टिभी
२०७९ साउन २८ गते ८:०३
एफबीआईले ग–यो ट्रम्पको निवासबाट गोप्य कागजात जफत

२८ साउन २०७९ न्युयोर्क । अमेरिकाको संघीय जाँच व्यूरो एफबीआईले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्लोरिडास्थित निवासबाट गोप्य कागजात जफत गरेको छ ।

जफत गरिएका फाइलहरुमा अमेरिकी राष्ट्रिय सुरक्षालाई असाधारण रूपमा गम्भीर क्षति पुर्‍याउन सक्ने खालका कागजात पनि रहेको बताइएको छ ।

एफबीआईले फोटोहरू,हस्तलिखित नोट,फ्रान्सका राष्ट्रपतिको बारेमा अस्पष्ट जानकारी र लामो समयदेखि ट्रम्पका सहयोगी रोजर स्टोनको तर्फबाट लेखिएको माफी सम्बन्धी पत्रलगायत २० भन्दा बढी बाकसमा सामग्री लगेको छ ।

एफबीआई अधिकारीहरूलाई ट्रम्पको निवास मार–ए–लागोमा छापा मार्न अदालतले पूर्जी जारी गरेको थियो ।

एफबीआईको छापा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले अभिलेख गरिएका विवरण र गोप्य दस्ताबेजहरू ह्वाइटहाउसबाट अन्यत्र लगेकोबारे अनुसन्धानसँग जोडिएको छ।

अमेरिकामा फौजदारी अनुसन्धानका क्रममा एफबीआईले पूर्वराष्ट्रपतिको घरमा पहिलो पटक छापा मारेको हो । ट्रम्पलगायत अन्य रिपब्लिकनहरूले घटना राजनीतिक स्वार्थले प्रेरित भएको भन्दै निन्दा गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले सबै चिठी पत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेलसमेत राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानूूनी व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *