विदेश

युक्रेनले भन्यो–रुससँगको युद्ध क्राइमिया स्वतन्त्र भएपछि मात्र सकिन्छ

२०७९ साउन २५ गते १३:१८
युक्रेनले भन्यो–रुससँगको युद्ध क्राइमिया स्वतन्त्र भएपछि मात्र सकिन्छ

२५ साउन २०७९ युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग जारी युद्ध क्राइमिया स्वतन्त्र भएपछि मात्र सकिने बताएका छन् ।

युक्रेनमा क्राइमियाबाट युद्ध शुरू भएको र यसको मुक्तिसँगै युद्ध अन्त्य हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् । क्राइमियाको एउटा सैन्य शिविरमा विष्फोट भएपछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो ।

जेलेन्स्कीले विष्फोटबारे कुनै उल्लेख नगरे पनि क्राइमिया युक्रेनकै भएको र यसलाई कहिल्यै छोड्न नसकिने जिकिर गरे । क्राइमियाको पश्चिमी क्षेत्रको रुसी सैन्य आधार शिविरमा विष्फोट भएको थियो ।

विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएको बताइएको छ । रुसी रक्षा मन्त्रालयले भण्डार गरी राखिएको बमबारुद विष्फोट भएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *