विदेश
रुसको क्राइमियास्थित सैन्य शिविरमा विष्फोट हुँदा एक जनाको मृत्यु
२०७९ साउन २५ गते ८:३१

२५ साउन २०७९ मस्को । रुसको क्राइमियाको एउटा सैन्य शिविरमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
विष्फोटमा परी एक जनाको मृत्यु र केही घाइते भएको रसियाले नियुक्त गरेको क्षेत्रीय प्रशासनका प्रमुखले बताए । विष्फोट प्रायद्वीपको पश्चिमी तटमा नोवोफेदोरिभका नजिकै रहेको साकी सैन्य आधार शिविरमा भएको थियो ।
रुसको रक्षा मन्त्रालयले गोला बारुद विष्फोट भएको बताएको छ । गोलाबारुद भण्डारण क्षेत्रमा विष्फोट भएको रसियाको राज्य सञ्चालित रिया समाचार एजेन्सीले जनाएको छ । प्रत्यक्षदर्शीले १२ वटा विष्फोटका आवाज सुनिएको बताएका छन् ।
विष्फोटको कारणबारे भने केही बताइएको छैन । सन् २०१४ मा रुसले कब्जा गरेको क्राइमिया पर्यटकका लागि लोकप्रिय गन्तव्य हो ।
प्रतिक्रिया