विदेश

तीन दिनको हिंसापछि इजरायल र प्यालेष्टाइनबीच युद्धविराम

२०७९ साउन २३ गते ७:५८
तीन दिनको हिंसापछि इजरायल र प्यालेष्टाइनबीच युद्धविराम

२३ साउन २०७९ इजरायल । इजरायल र प्यालेस्टाइनी लडाकू समूहबीच युद्धविराम भएको छ ।

तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको मृत्यु भएपछि दुवै पक्ष युद्धविराम गर्न सहमत भएका हुन् । इजिप्टको मध्यस्थतामा युद्धविराम भएको हो । प्यालेस्टाइन इस्लामिक जिहादी समूह पीआइजे इजरायल र गाजाबीच सन् २०२१ मा ११ दिनसम्म चलेको हिंसापछि यो सबैभन्दा गंभीर हिंसा भएको बताइएको छ ।

प्यालेष्टाइनले पछिल्लो हिंसामा १५ बालबालिकासहित ४३ जनाको मृत्य भएको जनाएको छ । ३ सयभन्दा बढी घाइते भएका छन् । इजरायलले गाजामा गरेको हवाई कारवाहीमा पीएआइजेको दुई जना शीर्ष नेता मारिएका छन् ।

गत शुक्रबारयता प्यालेस्टाइनले चार सयभन्दा बढी रकेट र मोर्टार आफ्नो भूमिमा प्रहार गरेको इजरायली अधिकारीले जनाएका छन् । त्यसैको प्रतिकार स्वरुप कारवाही गरिएको इजरायलले जनाएको छ ।

पीआइजे गाजामा सक्रिय सबैभन्दा बलियो लडाकु समूहमध्ये एक हो । इरान समर्थित यसको मुख्यालय सिरियाको राजधानी दमस्कसमा छ। यो समुह इजरायल विरुद्ध रकेट फायर र गोलीबारी सहित धेरै आक्रमणहरूको लागि जिम्मेवार छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *