विदेश

ताइवानका विषयमा शक्ति राष्ट्र अमेरिका र चीनबीचको तनाव झन चुलिँदै

२०७९ साउन २२ गते ७:५७
ताइवानका विषयमा शक्ति राष्ट्र अमेरिका र चीनबीचको तनाव झन चुलिँदै

२२ साउन २०७९ बेइजिङ । ताइवान मामिलालाई लिएर विश्व शक्ति राष्ट्र अमेरिका र चीनबीचको तनाव थप चुलिएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि रुष्ट बनेको चीनले ताइवानलाई घेरेर सैन्य अभ्यास जारी राखेको छ । यसलाई अमेरिकाले उक्साहटपूर्ण र गैरजिम्मेवार कार्य भनेको छ । बेइजिङले आक्रमणको पूर्वाभ्यास गरेको ताइवानले बताएलगत्तै अमेरिकाको यस्तो भनाइ आएको हो ।

ताइवानी सेनाले चिनियाँ सैन्य अभ्यासलाई टापुमा गरिएको कृतिम आक्रमण भएको बताएको छ। ह्वाइट हाउसले बेइजिङले ताइवानलाई लिएर यथास्थिति परिवर्तन गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

चीनले अमेरिकासँग विभिन्न महत्वपूर्ण विषयमा सहकार्य स्थगित गरेको छ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ जहाज र विमानले हिजो पनि दुई पक्षलाई अलग गर्ने क्षेत्र पार गरेको जनाएको छ ।

ताइवानी लडाकु विमानहरू पनि तयारी अवस्थामा राखिएको थियो । चीनले ताइवानलाई आफुबाट चोइटिएको प्रान्तका रूपमा हेर्छ र उपयुक्त समयमा एकीकरण गर्ने योजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *