विदेश
भारतमा आज उपराष्ट्रपतिका लागि चुनाव हुँदै
२०७९ साउन २१ गते ९:०८

२१ साउन २०७९ नयाँ दिल्ली । भारतमा आज उपराष्ट्रपतिका लागि चुनाव हुँदैछ ।
वर्तमान उपराष्ट्रपति वेङ्कैया नायडूको कार्यकाल १० अगस्तमा सकिँदैछ । उपराष्ट्रपतिका लागि एनडीएले पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखडलाई उम्मेदवार बनाएको छ भने विपक्षले कांग्रेस नेता मार्गरेट अल्वालाई उम्मेदवार बनाएको छ ।
उपराष्ट्रपति चुनावमा लोकसभा र राज्यसभाका ७ सय ८८ जना सांसदले मतदान गर्नेछन् । उपराष्ट्रपति पदमा निर्वाचित हुनका लागि ३ सय ९४ मत आवश्यक पर्नेछ ।
प्रतिक्रिया