विदेश

ताइवान तनावसँगै चीनद्वारा अमेरिकासँगको सहकार्य स्थगित

२०७९ साउन २१ गते ८:१०
ताइवान तनावसँगै चीनद्वारा अमेरिकासँगको सहकार्य स्थगित

२१ साउन २०७९ बेइजिङ । चीनले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता, अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्य स्थगित गर्ने जनाएको छ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि रुष्ट चीनले यस्तो निर्णय गरेको हो । चिनियाँ विदेश मन्त्रालयले दुई देशबीच उच्च स्तरीय सैन्य वार्तासहित अन्तर सीमा अपराधजस्ता विषयका सहकार्य स्थगित गर्न लागेको जनाएको छ ।

चीनले पेलोसी र उनको परिवारविरुद्ध पनि प्रतिबन्ध लगाएको छ ।बेइजिङको निर्णयले ताइवानलाई लिएर चीन र अमेरिकाबीचको विवाद गहिरिएको छ। यसैबीच, चीनले ताइवान वरपर थालेको सैन्य अभ्यास जारी राखेको छ। ताइवानको रक्षा मन्त्रालयले मुख्यभूमि चीनले ताइवान छुटिने क्षेत्र वरपर ६८ वटा विमान र १३ वटा पानीजहाज सक्रिय बनाएको जनाएको छ।

ताइवानले पनि हवाई र समुद्री गस्ती गरिरहेको र क्षेप्यास्त्र प्रणालीलाई सक्रिय पारेको जनाएको छ। अमेरिकाले चीनको सैन्य अभ्यास गैरजिम्मेवार कदम भएको र नियन्त्रण बाहिर जान सक्ने बताएको छ।

चीनले ताइवानलाई आफुबाट चोइटिएको प्रान्तका रूपमा हेर्छ र उपयुक्त समयमा एकीकरण गर्ने योजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *