विदेश

चीनद्वारा ताइवान वरपर क्षेप्यास्त्र प्रहार तिव्र

२०७९ साउन २० गते ७:४१
चीनद्वारा ताइवान वरपर क्षेप्यास्त्र प्रहार तिव्र

२० साउन २०७९ बेइजिङ । चीनले ताइवान वरपर क्षेप्यास्त्र प्रहार तिव्र पारेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानबाट फर्केलगत्तै सैन्य अभ्यास थालेको चीनले ताइवान वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको हो । पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा पुगेको बताउँदै त्यसलाई तत्काल रोक्नुपर्ने जापानले जनाएको छ ।

जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक सञ्जालमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए । ताइवानले भने आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ।

ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको चीनले चेतावनीका बावजूद पलोसीको ताइवान भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ। ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् ।

स्थानीय समय अनुसार १२ बजे चीनको गोलाबारी शुरू भएको थियो र ताइवानको १२ माइलभित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ।ताइवानले यस क्षेत्रमा चीनले यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ। हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *