विदेश

चीनले शुरु ग-यो ताइवान नजिक सैन्य अभ्यास

२०७९ साउन १९ गते ७:४९
चीनले शुरु ग-यो ताइवान नजिक सैन्य अभ्यास

१९ साउन २०७९ बेइजिङ । चीनले ताइवान नजिक सैन्य अभ्यास शुरू गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियन झाओ ले सामाजिक सञ्जालमा ट्विट गर्दै चिनियाँ जनमुक्ति सेनाले ताइवान वरपरका समुन्द्रमा संयुक्त अभ्यास थालेको बताए । आवश्यक र उचित सैन्य अभ्यास पाँच दिनसम्म चल्ने चीनले जनाएको छ ।

ताइवानले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ र छिमेकी जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको छ। उता ताइवानले २७ चिनियाँ लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको छ ।

चेतावनी स्वरुप उसले आफ्नो लडाकु विमान पनि उडाउनु परेको ताइवानको दाबी छ । लगत्तै जी(सेभेन समूहले चीनको आक्रामक सैन्य अभ्यास सही नभएको बताउँदै चीनको यस्तो कदमले अस्थिरता निम्तने जनाएको छ ।

चेतावनीको बावजूद अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन थप आक्रोशित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *