विदेश
मङ्कीपक्सबाट भारतमा एक युवकको मृत्यु
२०७९ साउन १७ गते १०:१०
१७ साउन २०७९ नयाँ दिल्ली । भारतले मङ्कीपक्सबाट एक युवकको मृत्यु भएको पुष्टि गरेको छ ।
दक्षिणी राज्य केरलामा २२ वर्षका एक युवकको शनिवार मृत्यु भएको एसियाकै पहिलो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मृतकसँग सम्पर्कमा आएका २१ जनालाई अलग्गै राखिएको केरला सरकारले जनाएको छ । विश्व स्वास्थ्य संगठनले जुलाई २३ मा प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
प्रतिक्रिया