विदेश

अमेरिकाको न्युयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा

२०७९ साउन १६ गते ९:११
अमेरिकाको न्युयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा

१६ साउन २०७९ न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा गरिएको छ ।

मङ्कीपक्सको सङ्क्रमण बढ्दै गएपछि न्यूयोर्कका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनले सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गर्नुभएको हो । संयुक्त रूपमा जारी वक्तव्यमा न्यूयोर्कमा हालसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भइसकेको उल्लेख गरिएको छ ।

वक्तव्यमा मङ्कीपक्सको प्रकोपको केन्द्रको रुपमा न्युयोर्क रहेको र हाल करिब १ लाख ५० हजार न्यूयोर्कवासी मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म ५ हजारभन्दा बढीमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *