विदेश
अफगानिस्तान–इरान सीममा हिंसात्मक झडप, एक जनाको मृत्यु
२०७९ साउन १६ गते ८:०५
१६ साउन २०७९ काबुल । अफगानिस्तानका तालिवान सेना र इरानी सीमा गार्डबीच सीमामा हिंसात्मक झडप भएको छ ।
अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्ड क्षेत्रबीचको सीमा क्षेत्रमा भएको भिडन्त एक जना तालिवान सेना मारिएका छन् । एक जना घाइते भएका छन् । इरानतर्फ भने कुनै हताहती नभएको बताइएको छ । इरानको तस्निम समाचार एजेन्सीले तालिवान सेनाले इरानी भूभागमा आफ्नो झण्डा फहराउन खोजेपछि झडप शुरु भएको जनाएको छ ।
केही समयसम्म गोली हानाहान समेत भएको थियो । भिडन्तलाई लिएर दुवै मुलुकले एक अर्कामाथि दोषारोपण गरेका छन् ।
तालिवानले एक वर्षअघि अफगानिस्तान कब्जा गरेयता सीमामा पटकपटक झडप भएको छ । गत महिना इरानसँगको सीमा क्षेत्रमा भएको घटनामा एक इरानी सीमा गार्डको मृत्यु भएको थियो।
प्रतिक्रिया