विदेश

चीनको वुहानमा फेरि देखियो कोरोना, सरकारद्वारा लकडाउन घोषणा

२०७९ साउन १२ गते ९:२४
चीनको वुहानमा फेरि देखियो कोरोना, सरकारद्वारा लकडाउन घोषणा

१२ साउन २०७९ बेइजिङ । चीनको वुहान सहरमा फेरि कोरोना भाइरसको नयाँ सङ्क्रमित फेला परेका छन् ।

वुहानको जियाङ्गक्सियामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ । वुहानमा फेरि कोरोना सङ्क्रमण देखिएपछि त्यहाँको प्रशासनले लकडाउन गरेको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिहरूमा भने कोरोनाका कुनैपनि लक्षणहरू देखिएका छैनन् ।

झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । चीन सरकारले कोरोनाबाट लड्नका लागि शून्य कोभिड रणनीति अपनाएको छ ।
तरपनि बेला बेला चीनको विभिन्न सहरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइरहेको छ ।

सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर ३१ म पहिलोपटक कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । १ करोड २० लाख जनसङ्ख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने क्रम निरन्तर भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *