विदेश

एक वर्षका लागि इन्धन आयातमा रोक लगाउने श्रीलङ्काको निर्णय

हिमालय टिभी
२०७९ साउन ११ गते ८:४८
एक वर्षका लागि इन्धन आयातमा रोक लगाउने श्रीलङ्काको निर्णय

११ साउन २०७९ कोलम्बो । श्रीलङ्काले एक वर्षका लागि इन्धन आयातमा रोक लगाएको छ ।

विदेशी मुद्रा भण्डारण रित्तिएका कारण श्रीलङ्का सरकारले एक वर्षसम्म पेट्रोल, डिजल लगायतका इन्धन आयातमा रोक लगाउने निर्णय गरेको हो । श्रीलङ्काका विद्युत एवं ऊर्जा मन्त्री कञ्चन विजसकेराले खाद्यान्न वितरण प्रणालीको घोषणा गर्दै अबदेखि क्यूआर विधिबाट इन्धन वितरण गरिने बताउनुभयो ।

उहाँले अबदेखि श्रीलङ्कामा शनिवार साप्ताहिक खाद्यान्न वितरणसँगै तेल उपलब्ध गराइने पनि बताउनुभयो ।

यसैबीच, इन्धन र औषधि अभावका कारण श्रीलङ्काका अस्पतालहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरू बन्द हुने अवस्थामा पुगेको हो । श्रीलङ्काका ९० प्रतिशत नागरिक सार्वजनिक स्वास्थ्य संस्थामा निर्भर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *