विदेश
भारतका गुजरातमा घरेलु मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या २६ पुग्यो
२०७९ साउन १० गते १५:०२
![भारतका गुजरातमा घरेलु मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या २६ पुग्यो](https://www.himalayatv.com/wp-content/uploads/2022/07/gujrat.jpg)
१० साउन २०७९ गुजरात । मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ । ४० जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन ।
गुजराजको बोटाद जिल्लामा रक्सी खाएकाहरु बिरामी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।
भारतको गुजराजसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।
प्रतिक्रिया