विदेश

भारतको गुजरातमा विषाक्त मदिरा सेवनबाट १२ जनाको मृत्यु

हिमालय टिभी
२०७९ साउन १० गते ९:१६
भारतको गुजरातमा विषाक्त मदिरा सेवनबाट १२ जनाको मृत्यु

१० साउन २०७९ गुजरात । भारतको गुजरात राज्यमा विषाक्त मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको छ ।

गुजरातको बोटाड जिल्लामा विषाक्त मदिरा सेवनका कारण दर्जनभन्दा बढी बिरामी भएका छन् ।

बिरामी भएका सबै जनाको उपचार स्थानीय अस्पतालहरूमा भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *