विदेश

युरोपले युक्रेनलाई सहयोग जारी राखेपछि रुसद्वारा ग्यास आपुर्तिमा ठुलो मात्रामा कटौती

हिमालय टिभी
२०७९ साउन १० गते ७:२६
युरोपले युक्रेनलाई सहयोग जारी राखेपछि रुसद्वारा ग्यास आपुर्तिमा ठुलो मात्रामा कटौती

१० साउन २०७९ काठमाडौं । यूरोपले युक्रेनलाई सहयोग जारी राखेपछि रुसले ग्यास आपूर्तिमा फेरि ठूलो कटौती गर्ने भएको छ ।

रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले मर्मतसम्भारको कारण देखाउँदै मुख्य पाइपलाइनबाट युरोपेली युनियनलाई ग्यास आपूर्तिमा फेरि ठूलो कटौती गर्ने भएको हो ।

कम्पनीले दैनिक ग्यास उत्पादनमा २० प्रतिशतले कटौती गर्ने जनाएको छ । जर्मन सरकारले भने ग्यास आपूर्ति सीमित गर्नुको कुनै प्राविधिक कारण नभएको जनाएको छ।

यसबाट यूरोपमा जाडो अघि ग्यास भण्डार गर्न अझ गाह्रो पर्ने देखिएको छ । रुसले ग्यास आपूर्ति पूरै रोक्ने चेतावनी दिएपछि युरोपेली आयोगले सात महिनाका लागि ग्यास प्रयोगमा १५ प्रतिशत कटौती गर्न आग्रह गरेको छ । रुसले ऊर्जालाई हतियारको रूपमा प्रयोग गरेको ईयूको आरोप छ ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी कदमलाई यूरोपविरुद्ध छेडेको खुला ग्यास युद्ध भनेका छन् । रुसले भने ग्यास आपूर्तिको अवरोधलाई मस्कोविरुद्धको पश्चिमा प्रतिबन्धविरुद्दको जवाफ भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *