विदेश

बहामासमा डुंगा दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु

हिमालय टिभी
२०७९ साउन ९ गते ८:०५
बहामासमा डुंगा दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु

९ साउन २०७९ बहामास । क्यारिवियन मुलुक बहामासमा डुंगा दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु हाइटीका आप्रवासी रहेको बताइएको छ । पल्टिएको डुंगाभित्र जिउँदै भेटिएकी एक महिलासहित अन्य २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

एक जना हराइरहेका छन् । डुंगामा ६० जना सवार थिए । बहामियाका प्रधानमन्त्री फिलिप डेभिसले डुंगामा सवार आप्रवासीहरु अमेरिकाको फ्लोरिडाको मियामीतर्फ जाँदै गरेको बताएका छन् ।

प्रहरीले मानव तस्करीमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *