विदेश

मंकीपक्स संक्रमण बढ्दो, डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

२०७९ साउन ८ गते ७:२०
मंकीपक्स संक्रमण बढ्दो, डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

८ साउन २०७९ न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मंकीपक्स संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोगका सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो। मंकीपक्स विश्वका ७५ देशमा फैलिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६ हजार भन्दा धेरै सङ्क्रमित पुष्टि भएको र पाँच जनाको मृत्यु भएको बताएका छन्। मंकीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले र युरोपेली क्षेत्रमा उच्च जोखिम देखिएको छ ।

यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन्। यसका लक्षणहरू मध्यम खालका र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ।

शुरुमा यो अफ्रिकाका केही भागमा सीमित थियो। मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ। मंकीपक्स भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ। सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *