विदेश

रुस–युक्रेन युद्धबीच ब्ल्याक सीबाट खाद्यान्न निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

२०७९ साउन ७ गते ७:१९
रुस–युक्रेन युद्धबीच ब्ल्याक सीबाट खाद्यान्न निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

७ साउन २०७९ इस्तानबुल । रुस र युक्रेनबीच जारी युद्धका बिच ब्ल्याक सीबाट खाद्यान्न निर्यात गर्ने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

ब्ल्याक सी ग्रेन इनिशिएटिभ नाम दिइएको सम्झौता पछि युक्रेनलाई युद्धका कारण रोकिएका लाखौं टन गहुँ निर्यात गर्ने बाटो खुलेको छ । संयुक्त राष्ट्रसंघको अगुवाईमा टर्कीको इस्तानबुलमा भएको सम्झौता चार महिनासम्म कायम रहनेछ ।

सम्झौतासँगै रुसले समुद्री मार्गबाट खाद्यान्न बोकेका कार्गो जहाजमा आक्रमण गर्ने छैन । इस्तानबुलमा सम्झौता अनुगमन केन्द्र स्थापना गरिएको छ ।

राष्ट्रसंघले सम्झौतालाई ऐतिहासिक भनेको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा युद्ध शुरु गरेयता युक्रेनको गहुँ निर्यात रोकिएको थियो । जसका कारण विश्वमा खाद्यान्न संकट बढेको थियो ।

गहुँबाट बन्ने खानेकुराको मूल्य अकासिएको थियो । युद्धअघि विश्वमा खपत हुने ४० प्रतिशत गहुँ रुस र युक्रेनबाट निर्यात हुने गर्दथ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *