विदेश
द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित
२०७९ साउन ६ गते ८:५६

६ साउन २०७९ नयाँ दिल्ली । द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
हिजो भएको निर्वाचनमा विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट मुर्मू नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
निवर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल पर्सि सकिने भएकाले मुर्मूले सोमबार मात्रै पदभार सम्हाल्नुहुने भारतीय संचार माध्यमले जनाएका छन् ।
भारतमा पहिलो पटक आदिवासी महिला राष्ट्रपति बन्नुभएको छ ।
प्रतिक्रिया