विदेश
श्रीलङ्कामा रनिल विक्रमासिंगे नयाँ राष्ट्रपति निर्वाचित
२०७९ साउन ४ गते १४:१९
४ साउन २०७९ कोलम्बो । श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् ।
गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।
राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन् ।
प्रतिक्रिया