खेलकूद

इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी

हिमालय टिभी
२०७९ साउन ४ गते ७:४४
इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी

४ साउन २०७९ काठमाडौं । इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको छ ।

३३४ रनको लक्ष्यसहित मैदान उत्रिएको घरेलु टोली इंग्ल्याण्ड ४६ दशमलव ५ ओभरमा २७१ रनमा अलआउट भएको थियो ।

इंग्ल्याण्डका जोय रुटले ८६, जोन्नी बेरिष्टोले ६३ तथा ज्यासन रोयलले ४३ रन बनाए । अफ्रिकाका एनरिच नोर्चेले चार विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ओभरमा रस्सी भान डेर डुसानको शतकीय इनिंग्ससँगै ३३३ रन बनाएको थियो । डुसान १३४ रन बनाउँदै पेभेलिएन फर्के ।

त्यस्तै एडिएन मारक्रमले ७७ तथा जान्नेमन मलानले ५७ रन जोडे । इंग्ल्याण्डका लायम लिभिङस्टोनले दुई विकेट हात पारे ।

जितसँगै तीन खेलको एक दिवसीय शृंखलामा अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्