विदेश

यूरोपमा उत्पात गर्मी, जनजीवन प्रभावित, जारी भयो यस्तो चेतावनी

हिमालय टिभी
२०७९ साउन ३ गते ७:३५
यूरोपमा उत्पात गर्मी, जनजीवन प्रभावित, जारी भयो यस्तो चेतावनी

३ साउन २०७९ लण्डन । युरोपमा बढ्दो गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।

फ्रान्स र बेलायतमा अत्यधिक गर्मीको चेतावनी जारी गरिएको छ । मौसमविद्हरूले बेलायतमा आज तापमान ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने बताएका छन्, जुन त्यहाँको अहिलेसम्मकै उच्च तापक्रम हुनेछ।

तापमान उच्च हुँदा विभिन्न रेल सेवाहरु रद्द गरिएका छन् । लन्डनको लुटन एयरपोर्टमा उडानहरू प्रभावित भएका छन् ।

उत्तरी स्पेनमा तापमान ४३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । फ्रान्सका धेरै भागहरूमा अहिलेसम्मकै उच्च तापमान महशुस गरिएको छ ।

बेल्जियम, जर्मनी र इटालीमा तापक्रम ४० डिग्री सेल्सियसको वरिपरि रहने अनुमान गर्दै तातो हावा उत्तरतर्फ गइरहेको मौसमविद्हरूले बताएका छन्। स्पेन र पोर्चुगलमा हालैका दिनहरूमा गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पोर्चुगलमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको छ। फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको डढेलोका कारण हजारौं मानिस आपतकालीन केन्द्रहरुमा आश्रय लिन पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *