विदेश

भारतमा राष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदै

२०७९ साउन २ गते ८:१२
भारतमा राष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदै

२ साउन २०७९ नयाँ दिल्ली । भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।

वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुन लागेको हो।निर्वाचनका लागि सत्तारुढ भारतीय जनता पार्टीले आदिवासी नेता द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ।

​उनी झारखण्डको पूर्वराज्यपालसमेत हुन्। चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने छिन् । मुर्मुको प्रतिस्पर्धामा विपक्षी कांग्रेसले यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ ।

यस्तै उपराष्ट्रपति पदमा भाजपाले जगदीप धनखड र कांग्रेसले मार्गरेट अल्वालाई उम्मेदवार बनाएको छ । भारतमा राष्ट्रपति चयनका लागि एक सांसदको मतभार सात सय हुने संवैधानिक व्यवस्था छ। राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ इलेक्ट्रोरल मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *