विदेश
जनतालाई यस्तो राहत उपलब्ध गराउने श्रीलङ्का सरकारको घोषणा
२०७९ साउन १ गते ९:२६

१ साउन २०७९ कोलम्बो । श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले जनतालाई राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
आर्थिक सङ्कटसँग जुँधिरहेको श्रीलङ्काका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयनमा ल्याउने उहाँले निर्णय गर्नुभएको हो ।
हिजो मन्त्री तथा सांसदहरूसँगको छलफलपछि कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घेले यस्तो निर्णय गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । राहत वितरणका लागि आउने अगस्तमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो ।
कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन सुझाव पनि दिनुभएको छ ।
प्रतिक्रिया