विदेश

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागे

हिमालय टिभी
२०७९ असार २९ गते १३:१३
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागे

२९ असार २०७९ कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् ।

प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि केही दिनदेखि सैन्य शिविरमा शरण लिएर बसिरहेका राष्ट्रपति राजपक्षेले हिजो देश छाडेका हुन् ।

समाचार संस्था एएफपीका अनुसार राष्ट्रपति राजपाक्षेले मंगलबार कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ–३२ मार्फत देश छाडेका हुन् ।

विमानमा ७३ वर्षीय राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित चार यात्रु रहेका थिए । कतिपय सञ्चार माध्यमले उनी माल्दिभ्स पुगेको उल्लेख गरे पनि यसको पुष्टि हुन बाँकी छ ।

राष्ट्रपति राजापाक्षेलाई पदच्यूत गर्न प्रदर्शनकारीले महिनौंदेखि प्रदर्शन जारी राखेपछि सोमबार राति उनले दुबई भाग्ने असफल प्रयास गरेका थिए ।

चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा राजपाक्षेलाई अर्थतन्त्र भताभुङ्ग पारेको आरोप छ। विदेशी मुद्रा सञ्चितिको अभावमा खाद्यान्न, इन्धन र औषधिको समेत आयात रोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *